असोज ३०, याङ्वरफोकस / प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागी ११ स्थानीय पालिकालाई करिब १२ करोड मूल्य बराबरको सवारी साधन हस्तान्तरण गरेका छन्।
बिहीबार मुख्यमन्त्री राईले केन्द्र सञ्चालन हुने पालिकाकालाई ११ करोड ९५ लाख मूल्य बराबरका ११ वटा दमकल र ११ वटा प्रहरी भ्यान हस्तान्त्रण गरेका थिए ।
मुख्यमन्त्री राईले सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका , ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाई पहिलो चरणमा उपलब्ध गराएको थियो।
पहिलो चरणमा ११ वटा पालिकालाई दमकल र प्रहरी भ्यान उपलब्ध गराएको र बाँकी तीनवटा पालिकालाई पनि केही समयपछि उपलब्ध गराउने प्रदेश सरकारले जनाएको छ।
Discussion about this post