असोज ३०, याङ्वरकफोकस / पान्थरको याङ्वरकबाट बिर्तामोड जादै गरेको यात्रु वाहक ट्याक्सी दुर्घटना हुदा ५ जना घाईते भएका छन् ।
याङवरक गाउँपालिका-२ बेतेनीबाट यात्रु लिएर छुटेको स्थानीय दीपक प्याकुरेलको ०१ प ०१ च ६५२८ नम्बरको बुलेरो ट्याक्सी फलैंचा बजार नजिक शुक्रवार बिहान ६ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक सहित ट्याक्सीमा सवार दिपक प्याकुरेल, डिल्ली अधिकारी, सुष्मा बेघा र बिष्णुप्रसाद ओलि घाईते भएका हुन् । ट्याक्सी घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको याङवरक फोकसका स्थानीय संवाददाता नेत्र कोइरालाले बताए । घटना बारे थप विवरण आउन बाकीँ छ ।
Discussion about this post