कार्तिक १, याङ्वरकफोकस । पहिचान सहितको १०+१ प्रान्त स्थापनाको लागि आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संघीय तमुवान मञ्च, जिल्ला कार्यसमिति कास्की र संघिय साँस्कृतिक कलाकार मञ्च तमुवान घोषणा गरेको छ।
पोखरामा शनिबार भएको जिल्ला कार्यसमिती तथा साँस्कृतिक मञ्च घोषणा कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा तमुवान मञ्च नेपालका अध्यक्ष गजेन्द्र लिम्बुले तमुवान मञ्च कास्की जिल्ला कार्यसमिति र संघिय साँस्कृतिक कलाकार मञ्च तमुवान घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रमबाट तमुवान मञ्च जिल्ला कार्यसमिति कास्की अन्तर्गत सन्तोष आले अध्यक्षमा चुनिएका छन् । उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा खगेन्द्र छन्त्याल, अर्थसचिवमा अमर छन्त्याल र १७ सदस्यीय कार्यसमिति चयन भएका छन् ।
संघीय साँस्कृतिक कलाकार मञ्च तमुवानको संयोजकमा राजेन्द्रबहादुर बिष्ट रहेका छन् भने सहसंयोजकमा धनबहादुर लिम्बु र १३ सदस्यीय समिति गठन गरिएको छ।
तमुवान मञ्च कास्की र कलाकार मञ्च तमुवानको घोषणा गर्दै कार्यक्रमका मुख्य अतिथि पहिचानवादी नेता गजेन्द्र लिम्बुले पहिचान सहितको संघीयता स्थापित नहुञ्जेल वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताएका छन्। प्रसासनिक संघीयताले संघीयताकै खिल्ली उडाइरहेकालाई मर्मसहितको संघीयता स्थापित गर्नका लागी सबै जुट्न आग्रह गर्दै अब कास्की र तमुवानमा पहिचानको अभियानमा सशक्त रुपले अघि बढाउने लिम्बुले बताएका छन्।
Discussion about this post