कार्तिक ३, याङ्वरकफोकस / यूएईमा जारी आईपीएल क्रिकेट प्रतियोगिताको अनलाइन बाट सट्टेबाजी खेलाउने तीन जना पक्राउ परेका छन्।
बिराटनगर महानगरपालिका-१६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर-१५ का २८ वर्षीय अपजर अलीलाई आइतबार राती मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का को टोलिले पक्राउ गरेको छ।
सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा तीनै जनालाई पुरुषोत्तमको घरबाट आइतबार राती ११ बजेतिर पक्राउ गरिएको भनी मोरङ प्रहरी प्रमुख एसपी खड्काले जानकारी दिएका छन्।
प्रमुख एसपी खड्काका अनुसार पक्राउ परेकाहरुको साथबाट तीनवटा मोबाइल र सट्टेबाजी खेल्दा हिसाब गर्न प्रयोग गरिएको तीन वटा डायरी बरामद भएको छ। पक्राउ पर्नेहरु लाई जुवा तथा सट्टेबाजी खेल मुद्दा मा कार्वाही रहने छ भनी एसपी खड्काले बताएका छन्।
Discussion about this post