असोज ३, याङ्वरकफोकस / जनता समाजवादी पार्टीका सम्पुर्ण सांसदहरु ले दसैँ भत्ता नलिने निर्णय गरेको छ र उक्त भत्ता रकम कोरोना पीडितहरु लाई राहत दिन माग गरेका छन्।
सोमबार बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले दसैँ भत्ता खारेज गर्न माग गरेको र उक्त भत्ता रकम कोरोना संक्रमण पीडितलाई राहत दिन माग गरेको भनी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताएका छन्।
सरकारले दसैँ भत्ता खारेज नगरे सबै जसपा सांसदले सो भत्ता नलिने निर्णय गरेको पाण्डेले जानकारी दिएका छन्।
बैठकले पार्टी विधान संशोधन सहित पारित गरेको नेता पाण्डेले जानकारी दिएका छन्।
Discussion about this post