कार्तिक ४, याङ्वरकफोकस / पान्थर फेदेन नगरपालिका वाड नं. १० याङ्नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस परित्याग गरि १७६ जना नेता कार्यकर्ताहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च नेपालमा प्रवेश गरेका छन्।
याङ्नाममा सोमबार संघीय लिम्बुवान मञ्च,नेपाल वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रम बाट संघीय लिम्बुवान मञ्च नेपालमा प्रवेश भएको भनी संघिय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्य समितिका अध्यक्ष सागर केरुङ ले याङ्वरफोकस लाई बताएका छन्।
सत्तारूढ दल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेस पार्टीले लिम्बुवान स्वायत्त राज्य नस्विकारेकाले आफुहरुले पार्टी परित्याग गर्न बाध्य भएर संघिय लिम्बुवान मञ्च नेपाल प्रवेश गरेको भनी नवप्रवेशीहरु ले बताएका थिए।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, प्राध्यापक तथा युवा नेता मधुराज केरुङ, संघीय युवा मञ्च जिल्ला कार्यबाहक अध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, सहसचिव महेन्द्र हाङ्सरुम्बा, बिद्यार्थी नेता रिवाज थाम्सुहाङ, मनेन्द्र केरुङ लगायतको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य सहसचिव हाङ्सरुम्बाले राखेका थिए र कार्यक्रमको सभा अध्यक्ष प्रेम कुमार हाङसरुम्बा ले गरेका थिए।
Discussion about this post