असोज ४, याङ्वरकफोकद / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले दसैं भत्ता सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गरेको छ।
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गरी सांसदहरुले दसैं भत्ता वापतको रकम फिर्ता गर्ने निर्णय भएको जानकारी दिएका छन्।
नेपाली काङ्ग्रेसका सांसदहरुको दशैं भत्ता ४३ लाख २० हजार ८१० रुपैयाँ आएको र उक्त रकम जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय भएको खाँणले बताएका छन्।
विज्ञप्ति
Discussion about this post