कार्तिक ४, याङ्वरकफोकस / दसैंको बिदामा बैंकका सबै शाखाहरु बन्द हुने भएको छ। यस अवधिमा ग्राहकले डिजिटल बैकिङ मार्फत् कारोबार गर्न सकिने भएको छ।
यही कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ सेवा सूचारु हुनेछ भनी बैंकर्स संघले मंगलबार एक सूचना जारी गरेको छ। सूचना अनुसार एटीएम सेवा यथावत रुपमा प्रयोग गर्न सकिने छ।
कोरोना भाइरस संक्रमणबाट बच्न साथै जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न पनि ग्राहकलाई संघले आग्रह गरेको छ। यस वर्ष कोभिड-१९ को उच्च जोखिम भएको भनी बैंकहरुले दसैंका लागि सरकारले दिएको सार्वजनिक विदाको दिन बैंक बन्द रहने छ।

Discussion about this post