असोज ४, याङ्वरकफोकस / प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिएका छैनन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलिले गत चैत महिना देखि मासिक पारिश्रमिक नलिएको बताएका छन्।
प्रधानमन्त्री ओलिले कोरोना महामारी नियन्त्रण नभए सम्म पारिश्रमिक नलिने घोषणा लाई स्मरण गराउदै मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको मा सम्पुर्णलाई थापाले धन्यवाद समेत दिएका छन्।
Discussion about this post