कार्तिक ५, याङ्वरकफोकस । झापा बुद्धशान्ति गाउँपालिका-४ मा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्च नेपालले क्रियशिल सदस्यता पत्र वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीका केन्द्रिय उपाध्यक्ष ग्यानु इम्बुङको प्रमुख आतिथ्यतामा कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय सचिव मान बहादुर साम्बा, केन्द्रिय सचिवालय सदस्य भक्त बहादुर मेयाङ्बो, मान बहादुर माबो, बिद्यार्थी युवा नेता मोहन माबो, जिल्ला सचिव केसव पौडेल लगायत गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा रहेको थियो ।
दिनेश लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम पुर्ण लक्ष्मी लिम्बुले संचालन गरेकी थिइन् ।
Discussion about this post