कार्तिक ६, याङ्वरकफोकस / झापाको शिवसताक्षी नगरपालिकामा संघीय लिम्बुवान मञ्च,नेपालले लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमान्डर गठन साथै फिल्ड कमान्डरहरु लाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सिनियर फिल्ड कमान्डर सुमन सम्बाहाङ्फे अध्यक्षतामा बुधबार भएको यस कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, केन्द्रिय सचिव तथा एल.भि. प्रबक्ता राजु राई, केन्द्रिय सचिवालय सदस्य भिम शुनुवार, नगर जिल्ला सदस्य शुभानसिङ्ग कुरुम्बाङ, क्षेत्रिय सदस्य लिला लावती, अर्जुन लावती, नगर संयोजक प्रकाश लिङ्देन र जिल्ला नेता बिचारी लावती उपस्थित रहेका थिए।
कमान्ड गठन कार्यक्रम बाट फिल्ड कमान्डरहरुमा साजन सेर्मा, राजेन्द्र सेर्मा, सविन चेम्जोङ् नियुक्त भएका छन् भने उपफिल्ड कमान्डरहरुमा सन्जीव परियार, रतन सिगु, सञ्जय सिगु, दिल कुमार इङ्नाम चयन भएका छन्। त्यसैगरी उक्त कार्यक्रममा ३५ सदस्य एल.भी. कमान्ड गठन गरिएको नगर संयोजक प्रकाश लिङ्देनले बताएका छन्।
उक्त कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङले निर्वाचित कमान्डरहरुलाई भोलेन्टियर्स प्रमाणपत्र वितरण साथै मञ्चको विधान र भोलेन्टियर्सको नियम अनुसार सफत खुवाइएका थिए।
Discussion about this post