कार्तिक ६, याङ्वरकफोकस / बुधबार राती भएको च्याम्पियन लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिख द्वारा एथ्लेटिको मड्रिड पराजित भएको छ।
बार्यनले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४-० ले पराजित गरेको छ। बार्यनको घरेलु मैदानमा भएको खेलमा बार्यनका किंग्स्ली कोम्यानले २८ औं मिनेटमा र ७२ औं मिनेटमा दुई गोल गरेका छन्। ४१ औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेका थिए र ६६ औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेका थिए।
यस जित संगै बार्यन म्युनिखले च्याम्पियन लिग फुटबलमा शानदार जित सुरूवात गरेको छ।
Discussion about this post