कार्तिक ६, याङ्वरकफोकस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालद्वारा ताप्लेजुङको हाङ्पाङमा टोल समिति गठन गरिएको छ । आठराई त्रिवेणी गाउँपालिका-३ स्थित साबिकको हाङ्पाङ गाविस ५, ७ र ९ नं. वडामा मंगलवार खुवा टोल समिति गठन गरिएको हो ।
जिल्ला कार्यसमिति ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्ष तथा १ नम्बर प्रदेश सभाका सांसद बिष्णु तुम्बाहाङ्फे, लिम्बुवान मञ्चका प्रान्तिय सचिवालय सदस्य मुक्साम लाबुङ, जिल्ला सचिव अशोक मादेन लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय जुझारु युवा नेता श्रीकुमार माबोहाङको अध्यक्षतामा २३ सदस्यीय टोल समिति गठन भएको छ । उपाध्यक्षमा विशाल यक्सो र रमेश लिम्बु, सचिवमा सन्तोष लिम्बु, सहसचिवमा इक्सा यक्सो, अर्थसचिवमा मदन मावोहाङ चयन भएका छन् । सदस्यहरुमा आकाश यक्सो, खगेन यक्सो, सबिरसिंह यक्सो, दिलमाया यक्सो, राजन माबोहाङ, मन बहादुर तामाङ्, आइतराज लिम्बु, काजी माबोहाङ, नरमाया यक्सो, अनिस माबोहाङ, सुरेनहाङ माबोहाङ, अरुण माबोहाङ, ललित यक्सो, नवराज यक्सो, वीरबहादुर यक्सो, नरेश माबोहाङ र सुजन लिम्बु चयन भएका छन् ।
Discussion about this post