कात्तिक ७, याङ्वरकफोकस । गायक, संगीतकार तथा गीतकार बुद्धराज लिम्बुको ‘मार्छौ भने मार’ गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।

पान्थरको रमणीय स्थलहरूमा बिहीवार छायांकन सम्पन्न गरिएको उक्त गीतमा शब्द तथा संगीत बुद्धराज लिम्बुको रहेको छ भने गायक सुयोग चेम्जोङले स्वर भरेका छन् ।
भिडियोमा निङ्वा नेम्बाङ, अभिषेक नेम्बाङ, लेन्जो इङ्वा, छाया केरुङ, सुसन केरुङ, सुस्मा केरुङ लगायतको उत्कृष्ट अभिनय देख्न पाईने छ । सागर केरुङ्ले निर्देशन गरेको भिडियोलाई सञ्जय आचार्यले छायांकन गरेका छन् ।

अमृता जबेगुले शृङ्गार गरेको उक्त भिडियो केहि दिनमा युट्युब मार्फत सार्वजनिक गरिने निर्देशक केरुङले बताएका छन् ।
Discussion about this post