कार्तिक ८, याङ्वरकफोकस / पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
अध्यक्ष डा. भट्टराईले शनिबार सामाजिक संजाल ट्विटर मार्फत आफू र पत्नी यमीमा कोरोना संक्रमण पुष्टि भएको भनी सार्वजनिक गरेका छन्।
कात्तिक ७ गते स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भनी ट्विटर मार्फत बताएका हुन्। डा. भट्टराईको अनुसार अहिले होम आइसोलेसनमा बसेको र उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको छ।
डा. भट्टराईले आफूहरुको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन्।
Discussion about this post