कार्तिक ८, याङ्वरकफोकस / सनिवार भएको ला-लिगा खेलमा बार्सिलोना आफ्नो घरेलु मैदानमा रियल म्याड्रिड संग ३-१ को गोल अन्तरले पराजित भएको छ।
रियलका युवा मिडफिल्डर फेडे भालभेर्डेले करीम बेन्जेमाको पासलाई गोलमा परिणत गर्दै रियल खेलको पाँचौ मिनेटमा नै अग्रता लिन सफल भएको थियो। तर रियलको अग्रतालाई घरेलु टोली बार्सिलोनाले तीन मिनेटमा बराबर बनाउन सफल भयो। बार्सिलोनाका विंगर अन्सु फातीले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबर गरेका थिए। जोर्डी अल्बाकोलो को पासलाई फातीले गोल गरेका हुन्। पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
खेलको ६२ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोसलाई बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र जर्सी तानेर लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई रामोसले गोल गर्दै रियल पुन २-१ को अग्रता बनाउन सफल भएको थियो। खेलको ९० औं मिनेटमा रोड्रीगोले दिएको पासलाई लुका मोड्रीचले पुन गोल गर्दै खेल ३-१ को अन्तरमा सकिएको थियोे।
यस जितसँगै रियल म्याड्रिड ६ खेलमा १३ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ भने बार्सिलोना ५ खेलमा ७ अंक जोड्दै लिग तालिकाको दशौं स्थानमा रहेको छ।
Discussion about this post