कार्तिक ९, याङ्वरकफोकस / पाँचथर सशस्त्र प्रहरी बल हिमशिखर गुल्म अन्तर्गत पाँचथरको राँके चेकपोष्टबाट खटेको गस्ती टोलीले सदरमुकाम फिदिम नगरपालिका १३ लुङरुपा स्थित मकैबारी ठुलोडुँड सामुदायिक बन क्षेत्रबाट ३१ लाख मुल्य बराबरको काठ बरामद गरेको छ।
चिरान गरेर जंगलमा लुकाइ राखेको अवस्थामा १ हजार ७ सय १० क्युबिक फिट काठ विहिवार बरामद गरेको हो। ३० लाख ७७ हजार ५ सय ६८ रुपैंया मुल्य बराबरको बान्टे जातको उक्त काठ हिजो नै डिभिजन बन कार्यालय पाँचथरमा बुझाइएको सशस्त्र प्रहरी बल हिमशिखर गुल्म फिदिमका गुल्मपति (डिएसपी) किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सामुदायिक बन आसपासका क्षेत्रमा यत्तिका ठुलो परिमाणको काठ कस्ले चिरेर लुकाएको हो भन्ने खुलेको छैन । सशस्त्र प्रहरी बलको राँके चेकपोष्टका प्रमूख –( प्रहरी निरिक्षक) सन्तोष न्यौपाने नेतृत्वको गस्ती टोलीले उक्त काठ बरामद गरेको थियो। ( मितेरी अनलाइन मा प्रकाशित समाचार )
Discussion about this post