कार्तिक ९, याङ्वरकफोकस / संघिय लोकतान्त्रिक रास्ट्रीय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च,नेपालले लिम्बुवान भोलेन्टियर्स ( एलभी ) सदस्य समिति गठन गरेको छ।
झापाको शिवसतासी नगरपालिका-१० मा मञ्चले आइतबार एक कार्यक्रम गरि अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय समिति गठन गरिएको भनी मञ्चका केन्द्रिय उपाध्यक्ष ज्ञानुहाङ लिम्बुले बताएका छन्।
उक्त कार्यक्रममा प्रमुख अतिथि मञ्चका केन्द्रिय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, विशिष्ट अतिथी सिनियर फिल्ड उपकमाण्डर इन्चार्ज सुमन सम्बाङ्फे, अथितिहरु क्षेत्रीय नेता शिव सेर्मा, क्षेत्रिय सदस्य लिला लावती, अर्जुन लावती, सिनियर फिल्ड कमाण्डर सुबिन चेम्जुङ लगायतको उपस्थितिमा सम्पन्न भएको छ।
फिल्ड उपकामाण्डर सञ्जय सिगुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सिनियर फिल्ड कमाण्डर रतन सिगुले संचालन गरेका थिए।
Discussion about this post