कार्तिक १०, याङ्वरकफोकस / “हाम्रो टिम नेपाल” टिमले आज सर्वसाधारण नागरिकहरु लाई खुलामञ्चमा टीका लगाइ दिएका छन्।
कोरोना भाइरसको कारण लकडाउन सुरु भएदेखि खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा अलपत्र परेका सर्वसाधारण नागरिकहरुलाई नि:शुल्क खाना खुवाइरहेका “हाम्रो टिम नेपाल” टिमले आज खुलामञ्चमा उपस्तिथ हुने सर्वसाधारणलाई टीका लगाइ दिएका छन्।
दशैंको अवसरमा सबैमा उत्साह, खुशी हुनेछ भन्ने उद्देश्य सहित टीका लगाइदिएको भनी हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले बताएका छन्।
उपस्थित सर्वसाधारणहरु ले कोरोना भाइरसको कारण अलपत्र परेको बेला हाम्रो टिम नेपालले नि:शुल्क खाना र यसरी टीका लगाइदिएको मा खुसी व्यक्त गरेका थिए।
Discussion about this post