कार्तिक ११, याङ्वरकफोकस / ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका-९ हाङदेवा स्थित पूर्व सांसद सञ्चपाल मादेनको घरमा टिकाको दिन आगलागी भएको छ।
सम्पुर्ण परिवार आमाको घरमा टिका लगाउन गएको बेला सोमबार दिउँसो १ बजे तिर आगलागी भएको थियो। पुर्व सांसद मादेनका अनुसार आइतबार देखिनै बिजुली झिपझिप गर्दै थियो त्यसै कारण विद्युत सर्ट भइ आगलागी भएको आशंका गरेका छन्।
आगलागी बाट ३९ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको भनी ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन्। घर पूर्ण रुपमा जलेको तर मानवीय र चौपायाको क्षती नभएको भनी श्रेष्ठले बताएका छन्।
मादेनका अनुसार घरमा सुकाएर राखेको ८ मन अलैंची, एक तोला सुन, १ लाख ५० हजार बराबरको पुस्तक, धान, मकै, कोदो, लत्ताकपडा लगायतका सामग्री जलेको थियो।
Discussion about this post