कार्तिक १२, याङ्वरकफोकस / गतसाता व्यक्तिगत नेपाल भ्रमणमा आएका भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलले जसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संग भेट भएको खुलासा भएको छ।
भारतीय सञ्चार माध्यम द प्रिन्टमा मंगलबार प्रकाशित एक लेखमा गोयल र भट्टराई भेट भएको भनी उल्लेख गरिएको छ। सञ्चार माध्यमकी रणनीतिक मामिला सम्पादक ज्योती मलहोत्राको लेखमा ‘रअ’ प्रमुख गोयल नेपालमा रहँदा डा. भट्टराईलाई समेत भेटेको भनी द प्रिन्टमा लेखिकी छिन्।
गोयल नेपाल भ्रमण गर्दा नेपालका प्रधानमन्त्री ओलि र विपक्षी नेता बाबुराम भट्टराईलाई पनि भेटेका थिए तर भेट लगत्तै भट्टराईमा कोभिड संक्रमण पुष्टि भएको हुँँदा गोयल भारत फर्केपछि आइसोलेसनमा बसिरहेका होलान्,भनी मलहोत्राले उल्लेख गरेकी छिन्।
Discussion about this post