कार्तिक १२, याङ्वरकफोकस / च्याम्पियन्स लिग फुटबलमा स्पेनिस फुटबल क्लब रियल म्याड्रिड जर्मन फुटबल क्लब बोरुसिया मोनचेङ्गग्लाडवाच सँग बराबरीमा रोकिएको छ।
च्याम्पियन लिगको समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल म्याड्रिड र बोरुसिया मोनचेङ्गग्लाडवाच २-२ गोल बराबरीमा रोकिएको थियो।
बोरुसियाका लागि ३३ र ५८औँ मिनेटमा मार्कस थुरामले दुई गोल गरेका थिए। रियल म्याड्रिडका लागि ८७औँ मिनेटमा करिम बेन्जिमाले एक गोल गरे र इन्जुरी समयको ९३औँ मिनेटमा कासेमिरोले गोल गर्दै खेल बराबरीमा रोकिएको थियोे।
Discussion about this post