कार्तिक १३, याङ्वरकफोकस / बेलायत बसोबास गर्दै आएकी समाजसेवी ईशा गुरुङ्गले राष्ट्रिय आविष्कार केन्द्रलाई मासिक सहयो गर्ने भएकी छिन्।
समाजसेवी गुरुङ्गले आफ्नो मासिक कमाईबाट प्रत्येक महिना ५ हजार रुपैयाँका दरले महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने बुधबार सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेकी हुन् ।
गुरुङले उक्त सहयोग आफूले काम गर्न सक्ने बेलासम्म केन्द्रलाई सहयोग गरिरहने प्रतिबद्धता जनाएकि छिन्।
Discussion about this post