कार्तिक १३, याङ्वरकफोकस / संचारकर्मी एवं सामाजिक अभियन्ता रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
लामिछानेले बिहिवार सामाजिक संजाल फेसबुक मार्फत आफू र श्रीमती निकिता पौडेल लामिछानेमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।
लामिछानेका अनुसार मंगलबार रातिबाट हल्का ज्वरो आएको र बुधबार पीसीआर चेक गर्दा दुबैमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
Discussion about this post