कार्तिक १५, याङ्वरकफोकस / कैलालीको जोशीपुर गाउँपालिका-१ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा २९ जनालाई प्रहरीले प्रकाउ गरेको छ।
एक घरमा जुवातास खेलीरहेको सूचना पाएको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले उनीहरु आज पक्राउ गरेको हो।
जुवातास खेलिरहेको ठाउँ बाट नगद रु २ लाख ५१ हजार ४ सय र ८ बुङ्ग तास बरामद गरिएको भनी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताएका छन्।
Discussion about this post