कार्तिक-१६, याङ्वरकफोकस / पहिचानको पक्षमा कलम चलाउनेहरुको लागि भन्दै संघीय लेखक मञ्चको केन्द्रिय कार्य समिति गठन गरिएको छ। अस्तित्व, पहिचान र सामाजिक न्यायका निम्ति कलम चलाउदै आईरहेका स्रष्टाहरुको शनिवारको आम जुम भेलाबाट मधु केरुङको अध्यक्षतामा समिति गठन गरिएको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघिय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन “मिराक”को प्रमुख आतिथ्यतामा केन्द्रिय कार्य समिति गठन गरिनुका साथै जिल्ला तथा प्रवास कार्य समितिका लागि संयोजक र सह-संयोजक समेत तोकिएको छ ।
समिति गठनपछि शनिवारै एक विज्ञप्ति जारी गर्दै केन्द्रिय समितिको अध्यक्षमा पान्थर बहुमुखी क्याम्पसका प्राध्यापक तथा साँस्कृतिक पुनजार्गरण अभियानका संयोजक केरुङ्का साथै उपाध्यक्षमा सीता पिरती र पुष्पाहाङ लोवा चयन गरिएको जानकारी दिईएको छ ।समितिको महासचिवमा जितेन पन्धाक, उप-महासचिवमा डिकध्वज लावती, सचीवमा इक्साहाङ चेम्जोङ र कोषाध्यक्षमा जितेन अधिकारी चयन भएका छन् । सदस्यहरुमा केजि सुब्बा, सेलिङ केसि, विक्रम वनेम फागो, साम्जिरी शेर्मा, मुक्साम लाओती, सन्देश सुब्बा, मौलश्री लिम्बु, बलिद्र सुब्बा, निशा लोवा, डिम्पल वनेम, रचना लाओती, राज माबो, कल्पना लिङ्देन, कुमारी चेम्जोङ, कुबेर मृदुल, कविन्द्र तुम्बापो, मचिन्द्र लोवा, मातृका नेम्बाङ, मञ्जु इवारम र प्रेमा हाङसुरुम्बा चयन भएका छन् ।

त्यस्तै, जिल्ला कार्य समितिमा ताप्लेजुङका लागि संयोजकमा लेकाली कान्छा “मुक्कुम” र सहसंयोजकमा सन्देश पाखे , पान्थरका लागि संयोजकमा मन कुमार तुम्रोक र सहसंयोजकमा इन्दिरा नेम्बाङ, इलामका लागि संयोजकमा सुमन लिङ्देन र सहसंयोजकमा सन्जित फलानो, तेह्रथुमका लागि संयोजकमा नरेन्द्र खापुङ र सहसंयोजकमा पर्शु हाङ्स्रोङ, झापाका लागि संयोजकमा अभिषेक नेम्बाङ “बिद्रोही कलम” र सहसंयोजकमा मञ्जु थेगिम, मोरङका लागि संयोजकमा गगन योक्पाङ्देन र सहसंयोजकमा निर्मल कुलङ, धनकुटाका लागि संयोजकमा रिदम जबेगु, उपत्यकाका लागि संयोजकमा शुनिल आङ्बो र सहसंयोजकमा उक्तम लिम्बु चयन भएका छन् ।
येहाङ लाओती, हरि चोङ्बाङ, सेसेमी से-नाल्बो, भवानी तावा र राज माङ्लक सल्लाहकार रहेको संघिय लेखक मञ्चको प्रवास कार्य समितिमा मलेसिया संयोजक जनम लिङ्दम तथा सहसंयोजक सुजन सिरेङ र साउदी संयोजक सुमन “सहयात्री” योङ्हाङलाई तोकिएका छ।
Discussion about this post