कार्तिक १८, याङ्वरकफोकस / नेपाल सरकारले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ वाक्य हटाएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले घोर आपत्ति जनाएको छ । मञ्चले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेकपाको सरकारले उक्त वाक्य हटाएको प्रति भर्त्सना गर्नुका साथै तत्काल निर्णयलाई खारेज गर्न माग समेत गरेको छ ।
नेपाल सरकारले ०६२/६३ को जनआन्दोलन, जनयुद्ध र संघीय आन्दोलन(मधेश, लिम्बुवान, थरुहट)को बलमा स्थापना भएको गणतन्त्र र उक्त गणतन्त्रलाई ०७२ को संबिधानमा ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो‘ भनेर उल्लेख गरिएको जनाउदै मञ्चले उक्त वाक्यलाई नहटाउन माग हो ।
मञ्चका अध्यक्ष कुमार लिङ्देन’मिराक’द्वारा हस्ताक्षरित विज्ञप्तिमा देशको नामको अगाडी गणतन्त्र (Republic) लेख्ने बिश्वब्यापी मान्यता रहेको भन्दै नेपालको नाममा पनि नामको अगाडी ‘संघिय लोकतान्त्रिक गणतन्त्र’ हुनु पर्नेमा जोड दिईएको छ ।
Discussion about this post