कार्तिक १९/ याङ्वरकफोकस / भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल आउदा उनको भ्रमणमा विरोध हुनसक्ने सम्भावना भनी प्रहरीले युट्युबर भाइरल पुण्य गौतमलाई पक्राउ गरेको छ।
गौतमले कालो झण्डा देखाएर विरोध गर्ने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको भनी महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बताएका छन्।
जनरल नरवणे प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा आज नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न आउन लागेका हुन्।
Discussion about this post