कार्तिक १९, याङ्वरकफोकस / काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन सुझाव दिएका छन्।
कोरोना महामारीको जोखिममा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरी बढी भिडभाड गरेर सार्वजनिक स्थानमा असुरक्षित ढंगले खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न मेयर शाक्यले अभियानकर्ताहरु लाई अनुरोध गरेका छन्।
शाक्यले जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै स्वास्थ्य जोखिमलाई ख्याल गरी खाना खुवाउन समेत आग्रह गरेका थिए।
Discussion about this post