काठमाडौँ ,बुधबार कार्तिक १९ , काठमाडौँस्थित वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन् । अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु उपलब्ध नहुदा राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन् ।
उनीहरुले निरन्तररुपमा माग प्रशासन समक्ष राख्दा पनि सुनुवाई नभएको, ज्यालादारी भनेर दशैं तिहार भत्ता पनि नदिएको, तलव कट्टा गरेर दिएको र उपयुक्त स्रोत सामग्रीहरु उपलब्ध नगराएकोले राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन् । उनीहरुले अस्पताल प्रशासनले गरेको व्यवहारबाट कोभिड–१९ सँग लड्ने मनोबलमा पनि गिरावट आएको उल्लेख पत्रमा गरेका छन् ।
स्राेत:-yohokhabar
Discussion about this post