कार्तिक २०, याङ्वरकफोकस / बंगलादेश संग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली फुटबल टोलि बंगलादेश जाने भएको छ। २५ सदस्यीय टोलि आज बंगलादेश जाने भनी अखिल नेपाल फुटबल संघ एन्फाले बताएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ लगायतले टोलिलाई बिदाई गरेका थिए।
टिमका मुख्य प्रशिक्षक योहान कालिनको उपस्थिति नहुने भएको कारण बंगलादेश संगको मैत्रीपुर्ण खेलमा एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक को जिम्मेवारी दिएका छन्।
बंगलादेश संगको खेलमा किरण चेम्जोङ, विमल राना मगर, नवयुग श्रेष्ठ, भरत खवास, अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, विकास खवास, विक्रम लामा, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ चयन भएका छन्।
नेपाली फुटबल टोलिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तालिका अनुसार खेल नोभेम्बर १३ र १७ मा बंगलादेशसँग खेल्ने छ।
Discussion about this post