कार्तिक २०, याङ्वरकफोकस / स्पेनिस क्लब बार्सिलोनाले डाइनामो किभलाई २-१ को गोल अन्तरले पराजित गरेको छ।
च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा घरेलु क्लब बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र जिरार्ड पिकेले एक-एक गोल गरेका थिए। डाइनामोका लागि भिक्टर सिहान्कोभले एक गोल गरे।
खेलको पाँचौं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पिकेले ६५ औं मिनेटमा पुन गोल गर्दै बार्सिलोनाले २-० गोलको अग्रता लिएको थियो। डाइनामोका भिक्टरले ७५ औं मिनेटमा एक गोल गरेका थिए।
Discussion about this post