कार्तिक २०, याङ्वरकफोकस / भारतको सिक्किम राज्यमा बुबा एनबी सुब्बा ताम्लिङ र आमा कौशिमाया माङ्युङ ताम्लिङको कोखबाट जन्मिएकी सोनु सुब्बा ताम्लिङलाई लिम्बु भाषिक म्युजिक भिडियोको श्रव्य दृश्यकि पहिलो नायिका भनेर चिनिन्छ।
सन् २००१ मा मौसम इम्बुङ ( फुलन्देको बाउ) द्वारा निर्देशन गरिएको पहिलो लिम्बु भाषिक गीति एल्बम “निङ्वासो” को म्युजिक भिडियो छायांकन सिक्किममा गरिएको थियो । नायिका ताम्लिङले उक्त एल्बमको “लाखिरो आल्ल केलाङ नु याराक” , “एम्मा रो चुम्से पामा रक” नामक कालजयी गीतमा जिवन्त अभिनय गरेकी छिन् ।
पछिल्लो समय सिक्किम बाट प्रस्तुत गरिएको लिम्बु भाषिक चलचित्र “थेत्लङ” मा र लिम्बु भाषीक म्युजिक भिडियो “बलिहाङ तङ्नाम” मा समेत अभिनय गरेकी छिन् । नायिका सोनु सानै उमेर देखी नाच्न, गाउन रुचि राख्ने र चासोक तङ्नाम, बलिहाङ तङ्नाम, कक्फेवा तङ्नाम साथै सिक्किममा हुने सबै सामुदायिक कार्यक्रममा समेत अनिवार्य उपस्थित हुन्छन् ।
मास्टर्सको परिक्षा दिएर बसेका सोनु कलेज पढ्दा पढ्दै मागी विवाह गरेका थिए । वैवाहिक जीवन पछी पनि थुप्रै म्युजिक भिडियो र चलचित्रहरु मा अफर आए तर व्यवहारिक बाध्यताले अभिनयमा आउन नसकेको बताउछिन् । मौलिक चलचित्रको अफर आए फेरि पनि अभिनय गर्ने र भविस्यमा कलाकारिता संगसगै समाजसेवा र व्यवसायमा समाहित हुने बताएका छन्। (सुबास केरुङ (नुनाम) को फिचर द्वारा साभार)
“लाखिरो आल्ल केलाङ नु याराक” भिडियोमा
Discussion about this post