कार्तिक २२, याङ्वरकफोकस / रुकुम आठबिसकोट नगरपालिका-९ राडी बजार बाट १२ किलो लागुऔषधी (अफिम) सहित दुई युवा पक्राउ परेका छन् ।
जाजरकोटको नलगाड नगरपालिका-८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँका ६० वर्षीय कालीबहादुर सिंहलाई शुक्रबार बिहान पक्राउ गरिएको भनी प्रदेश प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागुऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले राडी बजारस्थित धिरेन्द्र शाहको घर बाट पक्राउ गरिएका थिए ।
उनिहरु शाहको घरमा कोठा भाडा लिएर बस्दै आएको र कोठाबाट नै पक्राउ गरिएको भनी प्रहरीले जनाएको छ ।
Discussion about this post