कार्तिक २२, याङ्वरकफोकस / विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ शुक्रबार बाट दोस्रो चरण (इक्सादिन)मा प्रवेश गरेको छ । याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपले आयोजना रहेको यस याक्थुङ गजल प्रतियोगिता गत असोज १ गतेबाट सुरु भएको हो ।
प्रतियोगिताका निर्णायक मधुराज केरुङले याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको फेसबुक पेज मार्फत शुक्रबार लाइभ हुदै प्रथम चरण(तुम्बुङिदङ) बाट दोस्रो चरण(इक्सादिन)मा प्रवेश हुने २० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका छन् ।
जनम लिङ्दम हाङ्साको संयोजकत्वमा संचालन भइरहेको यस प्रतियोगिताले आफ्नो भाषा साहित्य कला संस्कार संस्कृतीको संरक्षण गर्ने उदेश्य लिइएको बताइएको छ । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा ५६ जना प्रतियोगी सामेल भएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।
उक्त प्रतियोगिताको विजेताले ३० हजार र प्रमाणपत्र, उप-विजेता हुनेले २० हजार र प्रमाणपत्र, तृतीयले १० र प्रमाणपत्र साथै सान्त्वना हुनेले ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्नेछन् ।
दोस्रो चरण (इक्सादिन)मा प्रवेश गरेका प्रतियोगीहरुको नामावली
Discussion about this post