कार्तिक २४, याङ्वरकफोकस / भ्यालेन्सियाद्वारा स्पेनिस क्लब रियल म्याड्रिड ४-१ को गाेल अन्तरले पराजित भएकाे छ ।
गएराती भएको ला लिगा फुटबल खेलमा भ्यालेन्सियालाई जित दिलाउनका लागि कार्लाेस सोलेरले पेनाल्टीमार्फत तीन गोल (ह्याट्रिक) गरेका थिए र थप एक गोल राफेल भारानेको सान्त्वना गोल बनेको थियो । रियलका लागि बेन्जेमाले एक गोल फर्काएका हुन् ।
खेलकाे २३ औं मिनेटमा बेन्जेमाले गाेल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । रियलकाे अग्रतालाई भ्यालेन्सियाका सोलेरले ३५ औं मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४२ औँ मिनेटमा राफेल भारानेले आफ्नै पाेस्टमा गाेल गरेपछि भ्यालेन्सियाले २-१ काे अग्रता लियो । सोलेरले पुनः ५४ औँ र ६३ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै खेल ४-१ को गोल अन्तर मा समाप्त भएको थियो ।
Discussion about this post