कार्तिक २४, याङ्वरकफोकस / सिक्किमको पुर्व मुख्यमन्त्री तथा बरिष्ठ राजनैतिककर्मी सञ्चनमान लिम्बुको निधन भएको छ ।
लामो समय सम्म बिमारी रहेका लिम्बुको ७३ बर्षको उमेरमा आइतबार पौने ३ बजे सोकेगाङ स्थित एसटिएनएम अस्पतालमा निधन भएको थियो । मुख्यमन्त्री लिम्बुको मृत्यु भएको भनी उक्त अस्पतालका निर्देशक डा. डीएन भुटियाले पुष्टी गरेका थिए ।
मृतक पुर्व मुख्यमन्त्री लिम्बु १७ जून देखि १२ डिसेम्बर १९९४ सम्म सिक्किमको चौथो मुख्यमन्त्रीको पदमा रहेका थिए । लिम्बुले आफ्नो कार्यकालमा सिक्किमलाई केन्द्रिय पछौटे वर्ग (ओबीसी) अधिनियम लागु गरेका थिए । उनी सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको नेतृत्वमा रहेको सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका सक्रिय राजनैतिककर्मी हुन् ।
सिक्किम राज्यको मुख्य सचिव एससी गुप्ताका अनुसार पूर्व मुख्यमन्त्री लिम्बूको निधनमा सिक्किम सरकारले सोमबारदेखि बुधबारसम्म राजकीय शोकसभा राखी उनको सम्मानमा सबै सरकारी कार्यालयहरूमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ र मंगलबार सबै शैक्षिक संस्थान र सरकारी कार्यालयहरू छुट्टि रहने छन् ।
Discussion about this post