कार्तिक-२५, याङ्वरकफोकस / पहिचानको पक्षमा कलम चलाउनेहरुको लागि भन्दै संघीय लेखक मञ्च प्रवास मलेसिया कार्य समिति गठन गरिएको छ । अस्तित्व, पहिचान र सामाजिक न्यायका निम्ति कलम चलाउदै आईरहेका स्रष्टाहरु जुम मार्फत भेला भइ जनम लिङ्दम हाङ्साको अध्यक्षतामा समिति गठन गरिएको हो ।
संघीय लेखक मञ्चका केन्द्रिय अध्यक्ष तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक, साहित्यकार, साँस्कृतिक पुनजार्गरण अभियानका संयोजक मधु राज केरुङ ‘केवाफुङ’ को प्रमुख आतिथ्य र केन्द्रिय कोषाध्यक्ष जितेन अधिकारी लगायत अन्य साहित्यकार उपन्यासकार तथा बौद्धिक ब्यक्तित्वहरुको आतिथ्यतामा शनिबार भएको जुम भेला मार्फत छलफल गरि संघीय लेखक मञ्च प्रवास मलेसिया गठन भएको थियो ।
समिति गठनपछि सोमबार एक विज्ञप्ति जारी गर्दै समितिको अध्यक्षमा जनम लिङ्दम हाङ्सा साथै उपाध्यक्षमा तेज आङ्देम्बे, सचीवमा दिल तुम्रोक, सहसचिवमा भेषराज आङ्देम्बे, कोषाध्यक्षमा रुपा थाम्देन चयन गरिएको जानकारी दिइएको छ । सदस्यहरु मा राजेन्द्र हाङ्सुरुम्बा, मोहन मिहाङ मादेन, मोहन शेर्मा लिम्बु, बिशाल सेम्बु लिम्बु, जेशन तिलिङ चोङ्बाङ र लोकेन्द्र देवान (सशिम) चयन भएका छन् ।
प्रमुख सल्लाहकारमा थाकुहाङ मेरिङ सम्बाहाङ्फे साथै सल्लाहकार मा निशुम शुक्र चोङ्बाङ, थाकुहाङ मेरिन सङ्हाङ्फे र भिम इवारम थेबे रहेका छन् ।
Discussion about this post