झापा-कार्तिक २५, स्टार अारजे घाेषणा तथा पुरस्कार वितरण समारोह साेमबार झापा दमकमा सम्पन्न भएको छ । रेडियाे झापा र प्लानेट मल्टिमिडिया ले अायाेजनाा गरेकाे उक्त प्रतिस्पर्धा असोज ६ गतेदेखि कार्तिक २२ गतेसम्म भएको प्रशिक्षण एवं प्रयोगात्मक परीक्षामा उत्कृष्ट हुने प्रतिस्पर्धिहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको छ ।
उक्त प्रतिस्पर्धामा याङवरक २ पाचथरका सुमन बेघा उत्कृष्ट भएकि छन। उत्कृष्ट हुने सुमन बेघालाई नगद रु १५ हजार सहित प्रमाणपत्र, दोस्रो हुने प्रतीका पोखरेललाई रु१० हजार र प्रमाण पत्र, तेस्रो हुने नरेन्द्र लिम्बूलाई नगद रु ७ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा उत्कृष्ट आवाजतर्फ सुष्मा राई र सामाजिक मिडियामा भएको चर्चाको आधारमा एस्तर मगरलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । तालिम तथा प्रतिस्पर्धामा १२ जना प्रतिस्पर्धिहरु सहभागि भएका थिए ।
संचारकाे क्षेत्रमा अाफुले सकेकाे कार्य र मेहनत गरि देश र जनताकाे लागि अाफु सधै लागिरहने स्टार अारजे बिजेता बेघा बताउछिन्।
पुरस्कार वितरण तथा समापन समारोह दमकस्थित कागवेनी थकाली भान्साघरमा सम्पन्न भएको थियो ।
Discussion about this post