कार्तिक २६, याङ्वरकफोकस / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका विद्यार्थीहरु लाई निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मंगलबार प्राधिकरणको कार्यलय भ्रमण गर्दै मन्त्री गुरुङले कोरोना महामारीका कारण शैक्षिक सत्रको पठनपाठनमा परेको असरलाई मध्यनजर गराउदै अनलाइन मार्फत सञ्चालन गर्न सुझाव दिएका थिए । सामुदायिक विद्यालयको पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउन साथै हरेक वडा तह र स्वास्थ्यचौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाइ नगर्न मन्त्री गुरुङले प्राधिकरणलाई सचेत गराएका थिए ।
नेपाल अधिराज्य भरी अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तोकिएको समयमा सम्पन्न गरिने भनी मन्त्री गुरुङले प्रतिबद्धता समेत जनाएका थिए ।
Discussion about this post