कार्तिक-२६, डेस्क । पाँचथरमा यो वर्षको तिहारमा देउसी-भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधवार एक सुचना जारी गर्दै कोभिड-१९ का कारण जिल्लाभर सामूहिक रुपमा खेलिने देउसी-भैलो पूर्ण रुपले रोक लगाईएको जनाएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि तिहार अवधिभर देउसी-भैलो, नाचगान, खेलकुद लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रममा रोक लगाईनुका साथै मठ-मन्दिर, माङ्हीम, चर्च जस्ता धार्मिक सांस्कृतिक र सार्वजनिक स्थलहरुमा नृत्य पुजा बाहेक सामूहिक पूजा र दर्शनका लागि भिडभाड नगरिदिन प्रशासनले आग्रह गरेको छ ।
Discussion about this post