कार्तिक २७, याङ्वरकफोकस / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा एन्डोरा पराजित भएको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले एन्डोरामाथि ७-० गोलले पराजित गरेको थियो ।
पोर्चुगलको घरेलु मैदानमा भएको खेलको आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । त्यस्तै २९ औं मिनेटमा पाउलिन्होले गोल गर्दै पहिलो हाफमा एन्डोराविरुद्ध २-० को अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा रेनाटो सान्चेजले गोल गरे ।
६१ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए । पाँचौ गोल भने आत्मघाती उपहार पाएको थियो । एन्डोराका एमिलि गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोले एक गोल र एक असिस्ट गरेका थिए । उनले सान्चेजका लागि पास उपलब्ध गरेका थिए भने ८५ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका अर्का स्ट्राइकर जोआओ फेलिक्सले ८७ औं मिनेटमा गोल गर्दै पोर्चुगल ७-० गोल अन्तरले विजयी भएको छ ।
Discussion about this post