कार्तिक २७, याङ्वरकफोकस / कंलकी मकालु पेट्राेल पम्प नजिकै राेकिराखेकाे ट्रकमा कुखुरा बोक्ने ट्रक ठोकिदा तीन जनाकाे मृत्यु भएकाे छ । आज बिहान पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बर को ट्रकमा बल्खु बाट सितापाईलातर्फ आउदै गरेको बा ५ ख ८८६५ नम्बर को कुखुरा बोक्ने ट्रक ठोकिदा ट्रकमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बाेहाेराका अनुसार सवार चार जनामध्ये एक जनाकाे अवस्था सामान्य रहेको बताए । ट्रकमा सवार चार जनालाई नजिकै रहेको सहिद अस्पतालमा लगिएकाे थियाे । उपचारकाे क्रममा तिन जनाकाे मृत्यु भएको डिएसपी बाेहाेराले बताएका छन् ।
मृत्यु हुनेमा नुवाकोटकाे सुन्दरदेवी गाउँपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिकाका घर भएका ३७ वर्षका माधव घिमिरे र नुवाकोटकै तारकेश्वर गाउँपालिकाका भुवेन्द्र तामाङ रहेको छन् । घाईते नुवाकोट तारकेश्वर घर भएका २२ बर्षिय विजय तामाङ रहेकाे र उनकाे उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।
Discussion about this post