कार्तिक २७, याङ्वरकफोकस / कोभिड-१९ लाई मध्यनजर राख्दै २०७७ सालको शुभ-दिपावलीको पावन अवसरमा ग्रिन एण्ड क्लिन आवर पाँचथर ग्रुपद्वारा देउसी भैलो कार्यक्रम हुने भएको छ ।
सामाजिक संजाल फेसबुक मार्फत जोडिएको यस ग्रुपले अनौपचारिक रुपमा कार्तिक २९ गते लक्ष्मी पुजाको दिन देखि मङ्सिर २ गते सम्म सञ्चालन गरिने भनी ग्रुपका एड्मिन सुरेश तावा सुब्बाले बताएका छन् ।
एड्मिन तावाका अनुसार देउसी भैलो कार्यक्रम मार्फत उठेको रकम फिदिम मा.वि र अन्य ७ गाँउपालिकाको विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्यनरत छात्राहरु लाई महिनावारी (Menstruation) हुँदा प्रयोग गरिने सेनिटाइज प्याड (Sanitary Pads) बितरण गरिने भएको छ ।
यस कार्यक्रमलाई सफल पार्न पाँचथरका सम्पुर्ण बुद्धिजीवी, राजनितिज्ञ, पत्रकार, समाजसेवि व्याक्तिहरुलाई सहयोग आह्वान गरिएको छ ।
सम्पर्क:-
अन्य देश बाट एड्मिन परिवारलाई सम्पर्क गर्नु पर्ने छ ।
Discussion about this post