कार्तिक २८, याङ्वरकफोकस / लमजुङको मध्यनेपाल नगरपालिका-१ जिता बाट ११ लाख ४६ हजार ८ सय ४२ रुपैयाँ सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सुदीप थापाले सञ्चालन गरेको बाख्रा फर्ममा जुवा खेल्दै गरेको अवस्थामा मंगलबार पक्राउ गरिएको भनि लमजुङ प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका हुन् ।
थापाका अनुसार पक्राउ पर्नेहरूमा सुन्दरबजार-९ का रामबहादुर गुरुङ, कुलबहादुर गुरुङ, गोरबहादुर गुरुङ, योगेन्द्र श्रेष्ठ, रामचन्द्र घर्ती, सुन्दरबजार-७ का कृष्णबहादुर अधिकारी, सुन्दरबजार-४ का देव दोङ, मध्यनेपाल-३ का सन्देश थापा, तनहुँ आवुखैरेनीका सुरेन्द्र मगर, तनहुँ भानुका कृष्णप्रसाद सापकोटा, तनहुँ व्यासका प्रेमबहादुर अधिकारी, कास्की रुपाका रामबाबु भट्टराई, र गोरखाका नरेन्द्र तामाङ र आकाश तामाङ रहेका छन् ।
उनिहरूको साथबाट नगद सहित ३ प्याक नयाँ तास र ३ सय १५ पत्ती खुल्ला तास बरामद गरिएको थियोे । पक्राउ परेका १४ जनालाई जुवा सम्बन्धि कसुरीमा कारबाही प्रक्रिया अघि बढाईएको प्रहरीले बताएको छ ।
तिहार लागेसँगै जुवा तास नियन्त्रणको लागि लमजुङ प्रहरी सादा पोसाकमा खटिएको भनी लमजुङ प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जनाएको छ ।
Discussion about this post