कार्तिक २८, याङ्वरकफोकस / दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगर आउदै गरेको ना ५ ख ५१४१ नम्बरको पवनदुत यातायात नामक बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार बस ६ सय मिटर तल खसेको र बसमा सवार मध्ये सात जना पुरुष र दुई जना महिलाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । अन्य २७ जना घाइतेहरु को डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अधिकारीले बताए ।
प्रहरी र स्थानीयवासी भएर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिराखेका छन् । बसका चालक साहु आफै रहेका र उनीसमेत घाइते भएका छन् ।
Discussion about this post