कार्तिक २८, याङ्वरकफोकस / पाँचथर जिल्ला याङ्वरक गाउँपालिका-१ (लामपोखरी) तोरीफुलेमा बोडर आउट पोस्ट (बिओपि) स्थापना गरिएको छ ।
बिओपी उद्घाटनमा याङ्वरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलाकुमारी योङ्हाङ, वडाध्यक्ष मोहन ढुंगेल, जिल्ला सशस्त्र प्रहरी बलका डिएसपी किशोर श्रेष्ठ सहितको टोलि लगायत बुद्धिजीवी, समाजसेवी साथै स्थानीय बासिन्दाहरु को उपस्थिति रहेको थियो ।
लामपोखरीमा बिहिवार एक कार्यक्रम गरि गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले उक्त पोस्ट उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष घिमिरेले सीमा क्षेत्रमा सुरक्षाकर्मी पुऱ्याउन सफल भएकोमा खुशी भएको बताए ।
पोस्ट स्थापना भएपछि सीमामा अपराध, चोरी तस्करी नियन्त्रण साथै जंगल संरक्षणका लागि पनि तत्कालै पोस्ट राख्न आवश्यक रहेको भनी याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलाकुमारी योङहाङले बताइन् ।
Discussion about this post