कार्तिक २८, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एवं संघीय लिम्बुवान मञ्च,नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दह्रो गरि उभिनु पर्ने बताएका छन् ।
पहिचानकै कारण राज्यले आदिवासी, दलित शिल्पी, खस, थारु र मधेशीहरु दमन परेको र एकात्मक, राजतन्त्र, धर्म सापेक्ष, निरकुशता ( सबैखाले निरकुशता-राजावादी, पुजिवादी , कम्युनिस्ट ) को पक्षमा लाग्नु हुदैन भनी लिङ्देनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । अध्यक्ष लिङ्देनले उत्पीडितहरु राजतन्त्र, एकात्मकता र धर्म सापेक्षताको पक्षमा लाग्नु भनेको आफ्नो चिहान आफै खन्नु र आफ्नै दाजुभाइको हत्या गरेर रंगको उत्सब मनाउनु बराबर रहेको भनी थप बताएका छन् ।
०३६ सालमा पुल्चोकको सैनिक भवनमा आदिवासी व्यक्तित्वहरु खगेन्द्र जंग गुरुङ, गोपाल गुरुङ, बखान सिंह गुरुङ, एम एस थापा, पदम सुन्दर लावती, बिष्णु मादेन, चन्द्र बहादुर पालुंगवा, काजिमान कन्दवा लगायत भेला भइ छलफल बसे पनी निष्कर्ष निकाल्न नसकेको जनाए । उक्त भेलामा सहभागी खगेन्द्र जंग गुरुङका अनुसार तमुवान का केहि गुरुङहरुले “बहुदल मा जाउ हामीले पनि पार्टी खोल्न पाइन्छ” भनेको तर पुर्बका राई लिम्बु नेताहरुले निर्दलमै जाउ भने पछी बहुदल भन्ने गुरुङहरुलाई पनि राज्यले बिभिन्न काउन्टर दिएर निर्दलमा नै लगेको बताएका छन् ।
०४६ साल पछी पहिचानको मुद्दा उठाएर तीन वटा पार्टीहरु नेपाल सद्भावना पार्टी, नेपाल जनमुक्ति मोर्चा र रास्ट्रिय जनजाति पार्टी गठन भएको थियो । अहिले नेपाल जनमुक्ति मोर्चा र राष्ट्रिय जनजाति पार्टी मीलेर रास्ट्रिय जनमुक्ति पार्टी बनेको छ । माघ १९ को कदमलाई समर्थन नगरेको भए राष्ट्रिय जनमुक्ति पार्टी नेपालको पहिलो, दोस्रो नत्र तेस्रो पार्टी बनिसक्ने लिङ्देनले जनाएको छ ।
लिङ्देनले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि प्रत्येक प्रान्त बाट एक-एक लाख संघीय भोलेन्टियर्स गठन गरेर ११ लाख भोलेन्टियर्स को लडाकु तयार गरि संघीय गणतन्त्र बिरोधिहरुलाई सखाप पार्नु पर्ने समेत बताएका छन् ।
Discussion about this post