कार्तिक २९, याङ्वरकफोकस / सत्तारुढ दल नेकपामा विवाद चुलिएका बेला लुम्बिनीका मुख्यमन्त्री तथा ओलीका निटक मानिने स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड प्रती आक्रोश पोखेका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले आक्रोश व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रचण्डको प्रतिवेदन बाट नेकपाको एकता गम्भीर संकटमा पुगेको भन्दै उक्त प्रतिवेदन फिर्ता लिन समेत आग्रह गरेका छन्।
राजनीतिक प्रतिवेदनमा प्रचण्डले ओलीलाई आक्रामक भाषाको प्रयोग गर्दै निरंकुश सामन्ती, भ्रष्टाचारीको संरक्षक समेत भनेका भनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएको छ ।
Discussion about this post