मङ्सिर २, याङ्वरकफोकस / मौसम परिवर्तन भएसँगै जाडो मौसम सुरु हुदा ओठ फुट्ने समस्या देखिन्छन् । जाडो मौसममा हावा सुख्खा हुने र हावाको स्पर्श सिधै छालामा पर्दा छाला पनि सुख्खा हुने गर्दछ । जाडोको मौसमको सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ । सामान्यतयाः अन्य यी पाँच कारणले पनि ओठ फुट्ने गर्दछ ।
१) ओठमा बारम्बार जिब्रो लगाउँदाः केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ । जिब्रोमा भएको र्याल बारम्बार ओठमा दल्दा ओठ झन् सुख्खा हुन्छ । थुकमा केही यस्ता एन्जाइम्स हुन्छन् जसले भोजन पचाउने काम गर्छ । त्यस्तो थुक ओठमा लगाउँदा ओठमाथिको पर्त एन्जाइम्सका कारण सुक्न थाल्छ र ओठ झन् धेरै फुट्छ ।
२) डिहाइड्रेशनः ओठ फुट्ने अर्को ठूलो कारण भने डिहाइड्रेसन हो । डिहाइड्रेसन अर्थात शरीरमा पानीको मात्रा कम हुनु । पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । प्यास नलागेसम्म पानी नपिउँदा यस्तो समस्या देखापर्छ । मानव शरीरलाई दैनिक २ देखि ३ लिटर पानीको आवश्यकता पर्छ । त्यसैले थोरै समयको अन्तरालमा पानी पिइरहनुपर्छ । डिहाइड्रेशनको समस्यामा ओठ धेरै फुट्ने गर्छ । साथै, अन्य स्वास्थ्य समस्यामा समेत अोठ फुट्न सक्छ ।
३) अमिलो खानेकुराः अत्यधिक अमिलो खानेकुरा खाँदा पनि ओठ फुट्ने समस्या आउँछ । यसको धेरै सेवनले माउथ ड्राइनेस र ओठ फुट्ने समस्या हुनसक्छ । भिटामिन सीले छालामा चमक ल्याउने र उमेरभन्दा कम बुढो देखाउन मद्दत गरेता पनि यस्ता खानेकुरामा हुने एसिडिक नेचरका कारण छालालाई धेरै सुख्खा बनाउने हँुदा ओठ फुट्न सक्छ । त्यसैले अमिलो खाँदा पानी ज्यादा पिउने गर्नुपर्छ ।
४) धेरै मद्यपानः कहिले काँही मदिराको धेरै सेवन गर्दा पनि ओठ फुट्ने समस्या आउँछ । अल्कोहलले डिहाइड्रेसन गराउने हुँदा ओठ फुट्न सक्छ । ओठ धेरै नै कोमल हुन्छ । त्यसैले बोल्दा, बातचित गर्दा शरीर भित्रको हावाको सम्पर्कमा लगातार आउँछ र ओठमा नरमपनामा कमी आउँछ । यदि मद्यपान धेरै पिउने गरेको छ भने ओठ फुट्ने समस्या आउँछ ।
५) चेलाइटिसः ओठ फुट्ने समस्या छालाका लागि एक विशेष समस्याको रुपमा लिइन्छ । जसलाई चेलाइटिस भनिन्छ । चेलाइटिसको समस्यामा मुख, कानहरु र ओठ फुट्ने गर्छ । र यस्ता अंगबाट रगत समेत आउँछ । यस्ता समस्यालाई बेवास्ता गर्दा इन्फेक्शन समेत हुने गर्छ ।
Discussion about this post